पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिलाई आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीले माग गरेका छन् ।
सिफारिस समितिले कार्य प्रारम्भ गरेता पनि दुवै आयोगमा पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र गम्भीरतापूर्वक अगाडि बढ्न नसकेकोप्रति अधिकारकर्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
अधिकारकर्मीहरू सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसाई, कुन्दन अर्याल, दिनेश त्रिपाठी, राजु चापागाई र मन्दिरा शर्माले जारी गर्नु भएको विज्ञप्तिमा सो विषयमा समितिको ध्यानाकर्षण गरेका हुन् ।
‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घन घटनाको छानविन गरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउने अत्यन्त गम्भीर दायित्व वहन गर्नुपर्ने आयोग गठनको प्रक्रियामा देखिएको कमी कमजोरीले हामीलाई चिन्तित तुल्याएको छ’ विज्ञप्तिमा भनिएको छ ।
अपर्याप्त समय, अपूर्ण सूचना र व्यापक प्रचार प्रसारको अभावमा छनोट प्रक्रिया प्रतिस्पर्धी र गुणस्तरीय हुने कुरामा संशय उत्पन्न भएको पनि उनीहरूले उल्लेख गरेका छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल भुक्तानी सहज बनाउन एभरेस्ट बैंकले ल्यायो 'इबिएल भर्चुअल क्रेडिट कार्ड'
-
नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशन सम्पन्न, मनिष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
-
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा (तस्बिरहरू)
-
छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल
-
मोरङको कानेपोखरीमा राजनीतिक संरक्षणमा व्यापक अवैध उत्खनन