पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिलाई आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीले माग गरेका छन् ।
सिफारिस समितिले कार्य प्रारम्भ गरेता पनि दुवै आयोगमा पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र गम्भीरतापूर्वक अगाडि बढ्न नसकेकोप्रति अधिकारकर्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
अधिकारकर्मीहरू सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसाई, कुन्दन अर्याल, दिनेश त्रिपाठी, राजु चापागाई र मन्दिरा शर्माले जारी गर्नु भएको विज्ञप्तिमा सो विषयमा समितिको ध्यानाकर्षण गरेका हुन् ।
‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घन घटनाको छानविन गरी सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउने अत्यन्त गम्भीर दायित्व वहन गर्नुपर्ने आयोग गठनको प्रक्रियामा देखिएको कमी कमजोरीले हामीलाई चिन्तित तुल्याएको छ’ विज्ञप्तिमा भनिएको छ ।
अपर्याप्त समय, अपूर्ण सूचना र व्यापक प्रचार प्रसारको अभावमा छनोट प्रक्रिया प्रतिस्पर्धी र गुणस्तरीय हुने कुरामा संशय उत्पन्न भएको पनि उनीहरूले उल्लेख गरेका छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण