क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दसौँ र एघारौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट पुन: सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।
बर्दिबासमा सम्पन्न अधिवेशनबाट ३ वर्षका लागि ,वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेस प्रदेशबाट राम नारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट मीनबहादुर शाही निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा देवराज तामाङ चुनिएका छन् भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । साथै सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सहकोषाध्यक्षमा विनोद राज श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
सदस्यमा हुमनाथ पौडेल,कुमार गिरी, तिल प्रसाद पाठक, अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशि कुमार यादव, सन्तोष यादव निर्वाचित भएका छन् । महासंघको अध्यक्षमा पुन निर्वाचित भएसँगै न्यौपानेले क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरकारवाला निकायलाई अवगत गराएको र अगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न थप मिहिनेत गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण