महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क
चार महिनामा सरकारी आम्दानी ३ खर्ब २९ अर्ब, खर्च ४ खर्ब १५ अर्ब
आइतबार, ०२ मङ्सिर २०८१, १० : ५६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को साउन–कात्तिकको अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो चार महिनाको अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क छ । जुन आम्दानी वार्षिक लक्ष्यको २२।३६ प्रतिशत हो ।
यो आम्दानी राजस्व, अनुदान र अन्य गरेर सरकारलाई प्राप्त भएको हो । चार महिनामा सरकारलाई अनुदान प्राप्त भएको छैन । चालू आवमा सरकारले ५२ अर्ब ३२ करोड अनुदान लिने लक्ष्य राखेको छ ।
यही अवधिमा सरकारी खर्च भने ४ खर्ब १५ अर्ब २ करोड भएको छ । सरकारले साउन–कात्तिक महिनामा २ खर्ब ९२ अर्ब ५२ करोड चालु खर्च गरेको छ । यही अवधिमा ३४ अर्ब ५३ करोड १० लाख पुँजीगत खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ८७ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खर्च भएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण