कफीको न्यूनतम समर्थन मूल्य तोकियो
आइतबार, ०२ मङ्सिर २०८१, १५ : २७
काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । कफी उत्पादनलाई व्यवस्थित गर्न बोर्डले यस वर्ष कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
फ्रेस चेरी कफीको ‘ए’ ग्रेडको मूल्य प्रतिकेजी १०५ रुपैयाँ र यही कफीको ‘बी’ ग्रेडको मूल्य प्रतिकिलो ९५ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, पार्चमेन्ट कफीको ‘ए’ ग्रेडको ५३५ रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको ४८२ रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको बोर्डले जनाएको छ ।
यस्तै, ड्राइ चेरी कफीका लागि ग्रेड ‘ए’को मूल्य २८० रुपैयाँ प्रतिकिलो र ‘बी’ ग्रेडको मूल्य २४७ रुपैयाँ निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण