नवलपरासीको दलदलेमा तेस्रो दिगो ई-स्टप
काठमाडौँ । दिगो ग्रुपले आफ्नो तेस्रो ई-स्टप सञ्चालनमा ल्याएको छ । आइतबार नवलपरासीको दलदलेस्थित ई-स्टपमा सडक यात्रुका लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक बिध्युतिया सवारीसाधनको लागि २ वटा GB/T चार्जर जडान गरिएको छ ।
यसैगरी निजि सवारीसाधनलाई पनि मध्यनजर गरेर CCS 2.0 चार्जरको पनि जडान गरिएको कम्पनीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत, सौरब श्रेष्ठले यस ई-स्टपको स्थापनामा खुशी ब्यक्त गर्दै भने, "ई-स्टपको तेस्रो संस्करण दलदलेमा संचालनपछि यस राजमार्गको यात्रुहरुलाई निकै उद्धार हुनेछ । यस ई-स्टपले महेन्द्र राजमार्गमा बढिरहेको बिध्युतिय सवारीसाधनलाई चर्जिङ्ग को सुविधा दिन्छ र रेस्टुरेन्टले भने यात्रुलाई पनि सफा र मिठो खानाको साथ् सुलभ सुविधा दिनेछ । "
सोहि उद्घाटन समारोहमा दिगो ग्रुपको अध्यक्ष राजन रायमाझीले अतिथि र साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै भने, "दिगो ई-स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको छ । दिगो ई-स्टप एउटा पिट स्टप मात्र होइन; यो एक दर्शन हो। हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौं। "
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण