बाबर आजमले विराट कोहलीलाई पछि पारे
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा उक्लिएका छन् । उनी भारतका स्टार खेलाडी विराट कोहलीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।
अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार बाबर आजमले यस्तो उपलब्धि हासिल गरेका हुन् । उक्त खेलमा पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै १८.१ ओभरमा अलआउट हुनुअघि एक सय १७ रन बनाएको थियो ।
पाकिस्तानका लागि बाबर आजमले ४१ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान बाबर आजमले केवल २८ बलको सामना गरी चार चौका पनि हिर्काए । त्यसलगत्तै उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका हुन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमले बनाएको रन सँख्या चार हजार एक सय ९२ पुगेको छ । यसअघि यो सूचीमा विराट कोहली दोस्रो स्थानमा थिए । विराटले चार हजार एक सय ८८ रन बनाएका थिए ।
सर्वाधिक रन बनाउने ब्याट्सम्यानको पहिलो सूचीमा भने भारतका रोहित शर्मा रहेका छन् । रोहितले कुल चार हजार दुई सय ३१ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण