‘पूर्णबहादुरको सारङ्गी’ को १८ दिनको कमाई कति ?
सोमबार, ०३ मङ्सिर २०८१, २१ : १६
काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले प्रदर्शनको तेस्रो सातामा पनि आक्रमक कमाई गरिरहेको छ । अहिले ३०० भन्दा धेरै शोसहित प्रदर्शनरत फिल्मले नेपाली बक्स अफिसमा आम्दानी ३६ करोड पुर्याउन सफल भएको छ ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १८ दिनमा फिल्मले ३५ करोड ९६ लाख रुपैयाँ कमाएको बताएको छ । आइतबार मात्रै फिल्मले १ करोड ६० लाख ग्रस गरेको थियो । यो कमाईमा आज सोमवारको व्यवसाय जोडिएको छैन ।
विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ ।
फिल्म सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण