चौथो अभ्यास खेलमा नेपालको यू–१९ टोली कर्नाटकसँग हार्यो, शृंखला रोचक मोडमा
काठमाडौँ । एसीसी यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोली मंगलबार खेलिएको चौथो अभ्यास खेलमा भारतको कर्नाटक टोलीसँग पराजित भएको छ । काठमाडौँको मुलपानी क्रिकेट स्टेडियममा खेलिएको खेलमा कर्नाटकले नेपाली यू–१९ टोलीलाई पाँच विकेटले हराएको हो ।
कर्नाटकको यो जितसँगै पाँच खेलको एकदिवसीय शृंखला २–२ को बराबरीमा पुगेको छ । शृंखलाको पाँचौँ तथा अन्तिम खेल बिहीबार खेलिने छ । चौथो खेलमा मंगलबार नेपाली ब्याट्सम्यानले अत्यन्तै निराशाजनक प्रदर्शन गरे ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३५.१ ओभरमै अलआउट हुनुअघि एक सय पाँच रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको कर्नाटकको टोलीले ३७ ओभरमा केवल पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा हार्यो ।
पहिले ब्याटिङ गरेको नेपालका लागि मयान यादबले ३४ रन बनाएका थिए । रोसन विकले पनि ३४ रन बटुलेका थिए । नेपाली टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण