विश्व च्याम्पियनसिपका लागि ढुक्क भए तयारी थाल्नुस् : सचिव सचिव
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले तेस्रो थाउलो विश्व कपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका छन् । सदस्य सचिव घिसिङले बुधबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाई दिँदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाएका हुन् ।
‘विश्व च्याम्पियनसिपको तयारीमा ढुक्क भएर अगाडि बढ्नुस् । बाँकी कुराको केहि चिन्ता गर्नु पर्दैन । आवश्यक सहयोगका लागि परिषद् तयार छ,’ सदस्य सचिव घिसिङले भने ।
सदस्य सचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोबर्धन जस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउँदै थाउलो विश्व कपको पुरस्कारका लागि प्रक्रिया सुरु भइसकेको जानकारी गराए ।
विजयले जापानको योकोहामामा अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जितेका थिए । थाउलो विश्व कपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाएका हुन् । चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धी मध्ये ५ औँ स्थानमा रहँदै विजय थाउलो विश्व कपका लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जनाएका छन् । सोही प्रतियोगिताको तुइलिन स्पर्धा भने विजयले कांस्य जितेका थिए ।
विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत र १३ औँ सागमा स्वर्ण जितेका छन् ।
थाउलो विश्व कपमा नेपालबाट विजयसहित ५ खेलाडीले सहभागिता जनाएका थिए । निमा घर्ती मगर, राजीव तामाङ, दीपक हमाल र पासाङ शेर्पा पदकविहीन बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण