निर्धक्क भएर व्यवसायमा लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
बिहीबार, ०६ मङ्सिर २०८१, २१ : १६
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु भएको दोस्रो व्यापार महोत्सवको बिहीबार उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायको वातावरण सरकारले बनाउने हुँदा निर्धक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।
पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेको, उद्योग, व्यवसायको क्षेत्रमा सकारात्मक प्रभावहरू देखिन थालेकोमा भन्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरूमा गर्न आग्रह गरे । लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको बताउँदै उनले राज्यले वातावरण बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण