पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
पोखरा । पोखरा महानगरपालिकाले हटाएका २८ जना प्राविधिकहरु महानगरको निर्णय विरुद्ध उच्च अदालत पोखरा पुगेका थिए । २०७४ सालअघिका ३ जनाले कात्तिक २७ गते रिट दिएका थिए भने बाँकी कर्मचारीले मंसिर ५ गते मुद्दा दिए ।
उनीहरुको रिटउपर न्यायाधीशद्धय मिलनकुमार राई र उमेश कोइरालाको इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । महानगरपालिकाले राजनीतिक पूर्वाग्रहका आधारमा नियमित काम गरिरहेका प्राविधिक हटाउने काम गरेको उनीहरुको आरोप थियो ।
केही समय महानगर परिसरमा प्रदर्शन पनि गरे । तर अदालतले महानगरको कार्यपालिका निर्णयलाई सदर गरिदिएको छ । योसँगै उनीहरुको महानगर फर्किने बाटो बन्द भएको छ । पोखराको ३७ औं कार्यपालिका बैठकबाट २८ प्राविधिक र ७ जना शिक्षिका तथा सामाजिक परिचालिकालाई मंसिर १ देखि विदा गर्ने निर्णय गरेको थियो ।
उक्त बैठक एमालेले बहिष्कार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण