बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका ड.मुकुल ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै डा. ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहदेखि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ समेतलाई आह्वान गरेका हुन् ।
उनले विज्ञप्तिमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताहरूलाई समेत यो धार निर्माणमा साथ दिन अनुरोध गरेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्– ‘यसका लागि अहिले रास्वपाका केन्द्रीय समिति सदस्य रहनुभएका मेरा मित्रहरूलाई समेत अनुरोध गर्न चाहन्छु । आउनुहोस् एक बृहत् अभियानमा हामी जुटौँ । सँगसँगै विवेकशील अभियानका साथीहरू, वैकल्पिक राजनीतिको वकालत गरिरहेका अभियन्ताहरू, स्वतन्त्र नागरिक अगुवाहरू, बौद्धिक नागरिक समाजका अगुवाहरू, बौद्धिक नागरिक समाजका सदस्यहरू सबैलाई अब नयाँ शिराबाट वैकल्पिक राजनीतिक यात्रा तय गर्नका लागि एउटा खाका तयार पारेको छु । त्यसमाथि विमर्श गरेर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु । स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिमा आशा लाग्दा युवा नेताका रूपमा उदाएका बालेन, हर्क, गोपी, सागरजी लगायतका मित्रहरूलाई समेत म यो अभियानमा गोलबद्ध हुन अनुरोध गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण