बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका ड.मुकुल ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै डा. ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहदेखि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ समेतलाई आह्वान गरेका हुन् ।
उनले विज्ञप्तिमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताहरूलाई समेत यो धार निर्माणमा साथ दिन अनुरोध गरेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्– ‘यसका लागि अहिले रास्वपाका केन्द्रीय समिति सदस्य रहनुभएका मेरा मित्रहरूलाई समेत अनुरोध गर्न चाहन्छु । आउनुहोस् एक बृहत् अभियानमा हामी जुटौँ । सँगसँगै विवेकशील अभियानका साथीहरू, वैकल्पिक राजनीतिको वकालत गरिरहेका अभियन्ताहरू, स्वतन्त्र नागरिक अगुवाहरू, बौद्धिक नागरिक समाजका अगुवाहरू, बौद्धिक नागरिक समाजका सदस्यहरू सबैलाई अब नयाँ शिराबाट वैकल्पिक राजनीतिक यात्रा तय गर्नका लागि एउटा खाका तयार पारेको छु । त्यसमाथि विमर्श गरेर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु । स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिमा आशा लाग्दा युवा नेताका रूपमा उदाएका बालेन, हर्क, गोपी, सागरजी लगायतका मित्रहरूलाई समेत म यो अभियानमा गोलबद्ध हुन अनुरोध गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु