युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
वासिङ्टन डिसी । अमेरिकी सरकारले युक्रेनलाई आफ्नो लामो दूरीको जेएएसएसएम ब्यालिष्टिक मिसाइल सहयोग गर्ने भएको छ । रुसको भित्री भागसम्म हमला गर्न सकियोस् भनेर सो मिसाइल दिन लागिएको समाचारमा जनाइएको छ ।
यो मिसाइलको नाम ज्वाइन्ट एयर टू सरफेस स्ट्यान्डअप मिसाइल हो । योमार्फत रुसको कम्तीमा ३० वटा एयरबेसमाथि निशाना लगाउन सकिने बताइएको छ । यो मिसाइल र एफ–१६ फाइटर जेट्सको खतरनाक संयोजन हो । यो मिसाइललाई एफ–१६ फाइटर जेटबाट लञ्च गर्न सकिनेछ । युक्रेनसँग कयौँ थान एफ–१६ फाइटर जेट छ ।
यो मिसाइलबाट युक्रेनले रुसमाथि हमला गर्यो भने जवाफी कारबाही पनि तगडै हुनेछ । युक्रेनले एफ–१६ फाइटर जेटबाट ३७० दशमलव ४ किमी दूरीबाट मिसाइल हान्न सक्नेछ । आवश्यकता पर्यो भने यो मिसाइलको रेन्जलाई ९०० किमीसम्म पुर्याउन सकिन्छ । यो मिसाइल अमेरिकाको रक्षा उपकरण बनाउने कम्पनी लकहिड मार्टिनले बनाएको हो ।
कम्पनीले अहिलेसम्म ७ हजार ५०० वटा जेएएसएसएम ब्यालिष्टिक मिसाइल बनाइसकेको छ । यसको प्रयोग अमेरिकी वायु सेनाको साथसाथै अस्ट्रेलिया, पोल्यान्ड र फिनल्यान्डको हवाई बलले गरिरहेको छ । यो मिसाइल पहिलो पटक सिरियामा अमेरिकी हमलाको समयमा प्रयोग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण