इन्डियन प्रिमियर लिग मेगा अक्सन : फाफ डु प्लेसिसलाई दिल्ली र रोभमन पोवेललाई कोलकाताले किने
सोमबार, १० मङ्सिर २०८१, १६ : २३
काठमाडौँ । अघिल्लो सिजनसम्म रोयल च्यालेन्जर्स बेंगलुरुका कप्तान रहेका फाफ डु प्लेसिसले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) भने दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् ।
सोमबार जारी मेगा अक्सनमा दिल्ली क्यापिटल्सले फाफ डु प्लेसिसलाई दुई करोड भारतीय रुपैयाँमा खरिद गरेको हो । उनका लागि बेंगलुरुले राइट टु म्याच (आरटीएम) कार्ड पनि प्रयोग गरेन ।
यसैगरी, वेस्ट इन्डिजका टी–२० टोलीका कप्तान रोभमन पोवेललाई कोलकाता नाइट राइडर्सले खरिद गर्यो । कोलकाताले पोवेलका लागि एक करोड ५० लाख भारतीय रुपैयाँ खर्च गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण