यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा सहभागिता जनाउने राष्ट्रिय टोलीको बिदाइ गरेको छ । क्यानले मंगलबार एक कार्यक्रमबिच सफलताको शुभकामनासहित टोलीलाई बिदाइ गरेको हो ।
यू–१९ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोलीको कप्तानमा हेमन्त धामी रहेका छन् । टोलीका अन्य खेलाडीमा अर्जुन कुमाल (उप–कप्तान), आकाश त्रिपाठी, उत्तम रंगु थापामगर र मयान यादव रहेका छन् ।
यसैगरी, नरेन साउद, युनिशबिक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, यवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार पनि नेपाली टोलीमा रहेका छन् ।
यू–१९ एसिया कपका लागि हालै नेपाली टोलीले घरेलु मैदानमा भारतको कर्नाटन टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । पाँच एक दिवसीय खेलको शृङ्खलामा नेपाल ३–२ ले विजयी भएको थियो ।
पुरुष यू–१९ एसिया कप नोभेम्बर २९ देखि डिसेम्बर ८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल र आयोजक यूएईसहित आठ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभागन गरिएको छ । नेपाल समूह ‘बी’ मा परकेो छ । उक्त समूहमा नेपालका अतिरिक्त अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।
यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र आयोजक यूएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग खेल्नेछ ।
यसैगरी, नेपाली टोलीले आफ्नो दोस्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग खेल्नेछ । समूहगत चरणको अन्तिम खेल नेपालले डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
दुबै समूहबाट तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् ।
_1TKVQyXldW.jpg)
_zOHrKB1go2.jpg)
_BGptSPDUlC.jpg)
_euosDGllaj.jpg)
_FHQK88RjCz.jpg)
_DbkQsooFSW.jpg)
_5KEb5w4dZ6.jpg)
_xxgypcC2ay.jpg)
_XzGH26tZVv.jpg)
_j6Cg6yKYTq.jpg)
_UX4bECpQgv.jpg)
_ZiXTNCwQVu.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण