सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता सम्पन्न भएको छ । माया मेट्रो र रोयल्सबिच मेडिकल पार्टनरका लागि सम्झौता भएको हो ।
सम्झौता पत्रमा सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गरे । सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएसँग एजुकेसन पार्टनर र नेपाल टेलिकमसँग टेलिकम पार्टनरका रुपमा सम्झौता गरेको थियो ।
यसैगरी, सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईसँग स्ट्रेन्थ पार्टनर र कुमारी जबसँग करिअर पार्टनरका रुपमा सम्झौता गरेको थियो । एनपीएल अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा सञ्चालन हुने एनपीएलमा आठवटा टोलीको सहभागिता रहने छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ गते गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन् ।
यसैगरी, सुदूरपश्चि रोयल्सको मेन्टरमा अस्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन् ।
सुदूरपश्चि यरोयल्को टोलीमा खेलाडीको भूमिकामा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन म्याकमलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण