ई–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप हुने
काठमाडौँ । हाइपयती इभेन्ट्स र ई–प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा ‘ई–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप–२०८१’ आयोजना हुने भएको छ । हाइस्कुलका युवा खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले यो राष्ट्रव्यापी प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।
प्रतियोगिताका छनोट खेलहरू पुस ३ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । छनोट चरणपछि प्रत्येक प्रदेशका विजेता टोलीलाई फाइनल चरणको प्रतियोगितामा सहभागी गराइने छ । फाइनल चरणको प्रतियोगिता माघ ९ देखि १२ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ ।
प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले भाग लिने पाउने आयोजकले जनाएको छ । प्रदेशस्तरीय प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कारका अतिरिक्त अन्तिम चरणको प्रतियोगिता खेल्ने अवसर पनि पाउने छ ।
फाइनल चरणको प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कारसहित च्याम्पियन्स ट्रफी हात पार्ने आयोजकले जनाएको छ । फाइनल चरणको प्रतियोगिताको उप–विजेता टोलीले भने ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ ।
फाइनल चरणको प्रतियोगितामा विभिन्न चार विधामा सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । छनोट र फाइनल चरणको प्रतियोगितामा गरी कुल ५७ टोलीको प्रतिस्पर्धा रहने बताइएको छ ।
छनोट प्रतियोगिताहरू इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेतको वीरेन्द्रनगर, धनगढी र काठमाडौँमा सम्पन्न हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण