शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध

बिहीबार, १३ मङ्सिर २०८१, १४ : ०७
बिहीबार, १३ मङ्सिर २०८१

वासिङ्टन डिसी । अमेरिकी बहुर्राष्ट्रिय प्रविधि कम्पनी मेटाका हाकिम मार्क जुकरबर्गले बुधवार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो इस्टेटमा खाना खाए । यस क्रममा जुकरबर्गले ट्रम्पसँग सम्बन्ध सुधारका लागि धेरै प्रस्ताव पनि राखेको बताइएको छ । जुकरबर्गले अमेरिकाको राष्ट्रिय नवीनीकरण गर्न आगामी राष्ट्रपतिसँग काम गर्न चाहेको राष्ट्रपतिका एक सल्लाहकारले बताए ।

चार वर्ष अघि राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले हारेपछि क्यापिटल हिलमा हिंसाका कारण अधिकांश सोशल मिडिया प्लेटफर्महरूले ट्रम्पलाई प्रतिबन्ध लगाएका थिए । 

यसरी प्रतिबन्ध लगाउनेमा फेसबुक र इन्स्टाग्राम पनि थिए यो घटनापछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल मञ्च ट्रुथ सोसल शुरु गरे । जुकरबर्ग यतिबेला ट्रम्पसँगको सम्बन्ध सुधार्न चाहने विश्लेषण आइरहेको छ । यसैलाई दृष्टिगत गर्दै जुकरबर्गले यस वर्ष अमेरिकामा भएको राष्ट्रपति चुनावमा आफ्नो रोजाइको खुलासा गरेका छैनन् । ट्रम्प निवासमा उनको भेटघाटलाई नवनिर्वाचित राष्ट्रपतिसँगको सम्बन्ध सुधार्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

ट्रम्पको तर्फबाट डिनरको निम्तो र उनीसँगको भेटलाई लिएर जुकरबर्ग कृतज्ञ रहेको मेटाका प्रवक्ताले बुधवार भनेका छन् । अमेरिकामा नवआविष्कारको भविष्यका लागि यो समय निकै महत्त्वपूर्ण भएको पनि उनले बताएका छन् । यो डिनरमा एलन मस्क साथमा थिए वा थिएनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन । वास्तवमा, मस्क र जुकरबर्गको सम्बन्ध पनि हेडलाइनमा छ । केही समयअघि मस्कले जुकरबर्गलाई ‘केज फाइट’का लागि निम्तो दिएका थिए । तर लडाइँलाई लिएर दुईबिच सहमति हुन सकेन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप