पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले शुक्रबार (आज) देशको पूर्वी पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।
कोशी प्रदेशका पहाडी भू-भागमा दिउँसो आंशिक बदली हुने र राती कोशी सहित गण्डकी प्रदेशका पहाडी भू-भागमा समेत आंशिक बदली देखिने मौसमविज्ञहरुको अनुमान छ । एकाधस्थानमा छिटपुट वर्षाको सम्भावना रहेको समेत मौसमविज्ञहरुको भनाइ छ ।
पश्चिमी वायुको प्रभावका कारण मौसम बदली केही दिन कायमै रहने बताइएको छ । यस्तै, शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ । शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पलाल जन्मजयन्तीमा समाजवादबारे बहस
-
‘सडकको दुरावस्था र लापरबाहीमा सरकारी निकायलाई पनि मुद्दा लगाउन सकिने व्यवस्था पहिल्यैदेखि छ’
-
रातोपाटीकर्मी गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’ बाट सम्मानित
-
धमाधम जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन माग्दै नेताहरू
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण