क्रिकेट
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
शुक्रबार, १४ मङ्सिर २०८१, १८ : ०६
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । शारजहा क्रिकेट स्टेडियमा भएको खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो ।
टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रन बनायो । २ सय ३४ रनको लक्ष्य पन्छाएको नेपालले ४६.२ ओभरमा सबै विकेट गुमाएर १७८ रन बनाएको हो ।
नेपालको तर्फबाट ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए । आकाश त्रिपाठीले १९ रन बनाए भने उत्तम मगरले १७ रन बनाए । श्रीलंकाका प्रवीण मनीशाले ३ विकेट लिए । यस्तै न्यूथन रन्जितकुमार, मथुलान कुगथास, विहास थ्योमिकाले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण