ललितपुरमा ट्राफिकको स्पिड चेकिङमा मोटरसाइकल दुर्घटना, पछाडि सवार किशोरीको मृत्यु
ललितपुर । ललितपुर महानगरपालिका–१५ चक्रपथ सडकस्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गरेको स्पिड चेकिङ स्थलमा दुर्घटना भएको छ । ट्राफिक प्रहरीले मोटरसाइकल रोक्दा नियन्त्रण गर्न नसकेर चालक गम्भीर घाइते भएका छन् । प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको आर–१५ यमाहा मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ ।
तनहुँको भिमाद नगरपालिका–५ घर भएर पेप्सीकोला बस्ने बस्यालको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
शुक्रवार मध्यान्ह भएको दुर्घटनामा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–४ घर भएका २८ वर्षीय प्रत्युस थापा गम्भीर घाइते भएका छन् । उनको बीएण्डबी अस्पतालमा उपचार हुँदै छ । प्रत्युसको टाउकोमा चोट लागेको छ ।
ओभर स्पिडमा रहेको मोटरसाइकललाई राडार गनले सङ्केत गरेपछि ट्राफिकले रोक्न खोज्दा रेलिङमा ठोक्किएको थियो । प्रहरीका अनुसार चालकले मोटरसाइकल ९९ स्पिडमा हाँकेका थिए ।
मोटरसाइकलको ठक्करबाट ट्राफिकका सहायक हवलदार जनक सिंह भाट घाइते भएका छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासी र भूमिहीनको अधिकारका लागि महाअभियानको विरोध प्रदर्शन
-
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण