बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

बिहीबार, ०७ साउन २०८३, १३ : ०९
बिहीबार, ०७ साउन २०८३

चितवन । चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका छन् ।

पछिल्ला वर्षमा स्वास्थ्य संस्थाको पहुँच, निःशुल्क प्रसूति सेवा र चेतनास्तरमा भएको वृद्धिले सुढेनी (परम्परागत सुत्केरी गराउने) को भरमा नपर्ने महिलाहरु नजिकको स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा अस्पताल जान थालेका हुन् ।

चितवनको भरतपुर जिल्ला अस्पतालबाट आर्थिक वर्ष २०८२÷०८३ मा सात हजार ८५३ महिलाले प्रसूति सेवा लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष आठ हजार ४२० जनाले सो सेवा लिनुभएको अस्पतालका वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले जानकारी दिए ।

विशेषज्ञसहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा नवलपरासी, गोरखा, तनहँु र मकवानपुरबाट पनि आउने गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप