विवाह गर्नेलाई बधाई पत्र !
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगी विवाह गर्ने जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्दै आएको छ । गाउँपालिकाले उमेर पुगेर विवाह गर्ने नव जोडीलाई बधाई प्रमाणपत्र प्रदान गर्ने गरेको हो ।
गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख भगवती गिरीले भनिन्, “हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लब र अनुगमन, अभियान, अन्तरक्रिया, सडक नाटक र गाउँबस्ती बस्तीमा पुगेर बालविवाह रोकथामका लागि सचेतना कार्यक्रम गर्नेलगायत काम निरन्तर भइरहेका छन् ।”
बाल विवाह बढी हुने वडामा विवाहित नयाँ जोडीलाई बधाई पत्र दिएर यो कार्यको सुरूआत गरिएको महिला तथा बालबालिका शाखा प्रमुख गिरीले जानकारी दिइन् । उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवर्द्धन गर्न यो उपाय अपनाइएको र यसले नयाँ पुस्तामा सही सन्देश पुर्याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पुर्याउने विश्वास पालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।
सोही योजनाअनुरूप पातारासी गाउँपालिका–७ रिनीका अर्जुन खड्का र लालमाया बुढा (खड्का) लाई पहिलो बधाई पत्र प्रदानसमेत गरिएको छ । यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण