ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका ४ जना पक्राउ
काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका चार जना प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा लम्जुङ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–१ बस्ने २० वर्षीय सुमित तामाङ र २० वर्षीय सुसन तामाङ तथा धादिङ घर भई नागार्जुन नगरपालिका–१ बस्ने २५ वर्षीय उम्बे गुरुङ भन्ने उमेश गुरुङ र कान्छा भन्ने आशिष गुरुङ रहेका छन् ।
चार जनाले गत भदौ ३० गते साँझ काठमाडौँको गोंगबुस्थित क्रेजी चिया भट्टीमा रुपेश गुरुङ र सागर तामाङमाथि ज्यान लिने मनसायले काठ, फलामको कुर्सी, हेलमेट रड, सिसाको बोतल प्रहार गर्दै सख्त घाइते बनाएका थिए । उनीहरुविरुद्ध असोज ६ गते प्रहरी वृत्त महाराजगन्जमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको थियो ।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको हो । उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण