जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका सिंह विजयी
आइतबार, १६ मङ्सिर २०८१, २१ : ३७

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे । नेपालीले ३३२ मत ल्याएका छन् । यस्तै एमालेबाट डम्बरबहादुर घर्तीले २५२ मत ल्याएका छन् ।
यहाँ ९५६ मत खसेको थियो । एक्लाएक्लै चुनावी मैदानमा दलहरु रहँदा यसअघि ०७९ मा यहाँ माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए ।
त्यो बेला अहिले निर्वाचित भएका कांग्रेसका खम्बबहादुर सिंहले ३१८ मत पाएका थिए । यद्यपि सिंहले अहिले माओवादीसँग बदला लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मन्दिर जग्गा प्रकरण: ठगी कसुरमा मुद्दा, ६० करोड ३९ लाख बिगो माग
-
सिपयुक्त जनशक्ति उत्पादन सरकारकाे प्राथमिकतामा : श्रममन्त्री
-
आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?