जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका सिंह विजयी
आइतबार, १६ मङ्सिर २०८१, २१ : ३७
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह ३४७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
सिंहले आफ्ना प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का गोरखबहादुर नेपालीलाई १५ मतान्तरले पराजित गरे । नेपालीले ३३२ मत ल्याएका छन् । यस्तै एमालेबाट डम्बरबहादुर घर्तीले २५२ मत ल्याएका छन् ।
यहाँ ९५६ मत खसेको थियो । एक्लाएक्लै चुनावी मैदानमा दलहरु रहँदा यसअघि ०७९ मा यहाँ माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए ।
त्यो बेला अहिले निर्वाचित भएका कांग्रेसका खम्बबहादुर सिंहले ३१८ मत पाएका थिए । यद्यपि सिंहले अहिले माओवादीसँग बदला लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने अर्थमन्त्रीकाे आश्वासन
-
इरान युद्धपछि पहिलो पटक भेट्दै ट्रम्प र नेतन्याहू, आणविक कार्यक्रमदेखि गाजा र लेबनानसम्म छलफल हुने
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण