मोरङको ग्रामथानमा माओवादी केन्द्रको अग्रता कायमै
सोमबार, १७ मङ्सिर २०८१, ०१ : ३२

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनमा २७५४ मत गणना हुँदा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
माओवादी केन्द्रका नमो नारायण माझीले ११८१ मत ल्याउँदा कांग्रेसका बलराम सरदार थारुले ९२४ र एमालेका तुलसी राम विश्वासले ४६९ मत प्राप्त गरेका छन् । रास्वपा उम्मेदावरले भने ७८ मत ल्याएका छन् ।