‘भीभीआईपी’ बिदाइ र स्वागतमा उपस्थित हुनुपर्ने पदाधिकारीको सङ्ख्या घटाइयो
काठमाडौँ । गृहमन्त्री रमेश लेखकको पहलमा अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ ।
मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रूपमा कार्यान्वयनमा आइरहेको गृह मन्त्रालयले जनाएको हो ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा/आउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको सङ्ख्या कटौती गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।
“भीभीआईपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधिकारीहरू उपस्थित हुनुपर्ने व्यवस्था लामो समयदेखि रहे पनि गृहमन्त्रीको पदाधिकारी उपस्थित हुनुपर्ने सङ्ख्या घटाउने प्रस्ताव चार दिन अघि मन्त्रीपरिषद्ले कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेको छ,” सूचना अधिकारी तामाङले भने–“ भीभीआईपीको स्वागत र बिदाइ व्यवस्थीत र प्रभावकारी बनाउन संशोधन गरिएको हो ।”
प्रस्ताव संशोधित कार्यविधिअनुसार राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किदा उपराष्ट्रपति सहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुने गरेका थिए ।
“ अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किदा गरिने स्वागत र बिदाइलाई प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको छ,” उनले भने–“ सुरक्षा व्यवस्थापन कार्यविधि–२०८०, पहिलो संशोधन भएको हो ।”
त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि घटाइएको छ । मिनी कारकेडसम्म यसअघि उपराष्ट्रपतिसहित १३ जना पदाधिकारी उपस्थित हुने व्यवस्थालाई कटौती गरेर ९ जना पदाधिकारीमा सीमित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण