कर्णालीको दुर्गम क्षेत्रका नागरिकलाई शुद्ध पानी दिनु मेरो प्रमुख लक्ष्य हो : मन्त्री यादव
सुर्खेत । खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेश सहितका बिकट क्षेत्रका आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन आफू लागि परेको बताएका छन् । आज कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको ग्रामीण खानेपानी सेवा सहायता केन्द्र “सेवा सहायता केन्द्र” शुभारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री यादवले कर्णालीवासीलाई शुद्ध खानेपानी दिलाउन आफू कटिबद्ध रहेको बताएका हुन् ।
उनले भने, ‘यहाँ खानेपानीको क्षेत्रमा जम्मा चार प्रतिशतले मात्रै शुद्ध खानेपानी पाइरहेको र ९६ प्रतिशतले अहिलेसम्म पनि अशुद्ध पानी खान बाध्य भएकाले म त्यसको अन्त्य गर्न लागिपरेको छु ।’ मन्त्री यादवले स्वच्छ खानेपानी सहितको एक घर एक धाराको अवधारणालाई अघि सारेर आफूले काम अगाडि बढाई अग्रपङ्क्तिमा काम सञ्चालन गरिरहेको जानकारी दिए ।
उनले भने, ‘जलस्रोतको धनी देश नेपालमा सबै नागरिकले स्वच्छ खानेपानी पिउन पाउनु पर्छ भन्ने मान्यतालाई अगाडि सारेर म काम गरिरहेको छु, दुर्गम क्षेत्रका आम नागरिकलाई स्वच्छ एवं शुद्ध पानी दिनु मेरो प्रमुख लक्ष्य हो ।’
मन्त्री यादवले कर्णाली प्रदेशमा डीपीआरसहित अन्य प्रक्रिया पुरा गरेर बजेट अभावका कारण काम हुन नसकेका संघीय खानेपानी आयोजना अन्तरगतका योजनाहरूमा अब बजेट अभाव नहुने जिकिर गरे । ‘म यहाँका जनप्रतिनिधि, स्थानीयवासीहरुलाई जानकारी दिलाउन चाहन्छु, संघीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका डीपीआर भएका कुनै पनि योजनाहरू पैसा अभावमा रोकिने छैन,” उहाँले भन्नुभयो, “बजेट रकमान्तर गरेर भए पनि म यहाँका योजनाहरूको टेन्डर आह्वान गर्छु, म कर्णालीवासीका दुःखमा साथ दिने छु ।’
आज उद्घाटन गरिएको यस सेवा केन्द्रले स्थानीय तहमा रहेका ग्रामीण खानेपानी आयोजनाका उपभोक्ता समितिहरू र सम्बन्धित गाउँ र नगरपालिकाहरूका खानेपानी, सरसफाइ तथा स्वच्छता इकाईहरू बिचमा मुख्य समन्वयकारी भूमिका खेल्ने लक्ष्य राखिएको मन्त्री यादवको भनाई छ । वीरेन्द्रनगर नगरपालिकाका करिब २० हजार घरधुरीलाई खानेपानी सेवा उपलब्ध गराउने गरी विश्व बैंकको सहयोगमा भेरी लिफ्टिङ आयोजना निर्माण गर्न खानेपानी मन्त्रालयले समन्वयकारी भूमिका खेलेको समेत मन्त्री यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण