गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा
मङ्गलबार, १८ मङ्सिर २०८१, १७ : ०८

जनकपुरधाम । बाराको महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेस प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने दिन मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो ।
मुख्यमन्त्री सतिशकुमार सिंहले प्रति लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले बिदा घोषणा गरिएको बताए ।
उनले प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन