विकासको मोडेल नबदलेसम्म विनाशको चपेटामा परिरहन्छौँ : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रका प्राविधिकहरूलाई भवन संहिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमको आज वीरेन्द्रनगरमा उद्घाटन गर्दे मुख्यमन्त्री कँडेलले अहिले भइरहेको जथाभाबी विकासको मोडल बदल्न नसकिए विपत्तिको चपेटा मुक्त हुन नसकिने बताएका हुन् ।
जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन बढेकोमा चिन्ता व्यक्त गर्दे कँडेलले त्यसलाई रोक्न प्राविधिकहरू नै अघि सर्नुपर्ने बताए ।
उनले भने, ‘प्राविधिकलाई पन्छाएर डोजर चढेर हिँड्नेहरुले सडक मूल्याङ्कन गरिरहेको म देख्छु,यसबाट हामी बच्न सक्नुपर्छ ।’
विकासको आवश्यकता भन्दा रोजगारीलाई केन्द्रित बनाएर गरिने विकासको मोडलले धेरै गाउँ बस्ती जोखिममा परेको उनको भनाइ थियो ।
जनप्रतिनिधिले जहाँ जहाँ भन्छन्, त्यहीँ जमिन भत्काउने कामलाई निरुत्साहन गर्न पनि प्राविधिकलाई कँडेलले सुझाव दिए ।
‘विकास कसरी गर्ने र त्यसको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा तपाई प्राविधिकले नै सही निर्णय गरेर जनप्रतिनिधिलाई उपयुक्त सुझाव दिने हो,’ उनले भने, ‘विकासको मोडललाई दीर्घकालीन र जोखिमरहित बनाउन तपाईँहरूकै भूमिका रहन्छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
-
आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएपछि रास्वपा कृष्णपुरद्वारा वडा सभापति बोहरामाथि छानबिनको माग
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण