सिराहामा सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि राजमार्ग अवरुद्ध
काठमाडौँ । सिराहा चोहर्वा खण्डको भलुवाही चौकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीयले बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध गरेका छन्। सिराहा नगरपालिका–११, भलुवाहीका १८ वर्षीय नीरज कामतको स१ ह ७२४ नम्बरको अटोको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनापछि आक्रोशित स्थानीयले बिहीबार बिहान देखि सिराहा चोहर्वा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध गरेका छन्। क्षतिपूर्तिको माग राख्दै र घटनामा संलग्न चालक तथा सवारी धनीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन सुरु गरेका हुन्।
प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। सिराहाको सदरमुकाम सिराहा बजार जाने र आउने सबै सवारीसाधन ठप्प छन्। प्रदर्शनका कारण यात्रुहरू समस्यामा परेका छन् भने स्थानीय व्यवसाय र जनजीवनमा पनि असर परेको छ।
घटनास्थलमा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूको माग तत्काल सम्बोधन गर्न नसकिँदा समस्या समाधान हुन सकेको छैन। प्रहरी स्रोतका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
युवकको मृत्युपछि पीडित परिवार र स्थानीयले उचित क्षतिपूर्ति र कारबाहीको माग गरेका छन्। प्रशासनले समस्या समाधानका लागि वार्ताको प्रयास गरिरहेको छ।जिल्ला प्रहरी सिराहाका सूचना अधिकारी वीरेन्द्र पासवानले जनाए । चालक र अटो जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको सूचना अधिकारी पासवानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा कर्णाली प्रदेशबाट सिता बादीसहित पाँच जना निर्वाचित
-
रास्वपा महाधिवेशन : दोस्रो चरणको निर्वाचन प्रक्रिया पछि धकेलियो, प्रतिनिधि आक्रोशित
-
रास्वपा केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट कल्पना पाण्डेसहित पाँच जना निर्वाचित
-
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण