गोटाकै १ लाख डलर पुग्यो बिट्क्वाइनको भाउ
न्यूयोर्क । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ गोटाकै १ लाख डलर पुगेको छ । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले क्रिप्टो–मैत्री नीति अपनाउने आशामा विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनको भाउ आकासिएको हो ।
ट्रम्पले वाल स्ट्रिटको नियमन गर्ने जिम्मा सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक)का पूर्व आयुक्त पल अट्किन्सलाई दिने घोषणा गर्ने बित्तिकै बिट्क्वाइनको भाउ सो स्तरमा उक्लिएको हो । अहिलेका सेक प्रमुख गेरी जेन्सलरको तुलनामा अट्किन्सलाई निकै बढी क्रिप्टो समर्थकको रूपमा हेरिन्छ ।
क्वाइन मार्केट क्यापको विश्लेषण अनुसार पछिल्लो वृद्धिसँगै बिट्क्वाइनको बजार पूँजीकरण ३३ खर्ब डलरमा पुगेको छ । गएको महिना भएको निर्वाचनमा ट्रम्पले जितेयता बिट्क्वाइनको भाउ उकालो लागिरहेको थियो ।
नोभम्बर ५ मा अमेरिकामा निर्वाचन भएयता बिट्क्वाइनको भाउ ४० प्रतिशतले बढिसकेको छ । वर्षको सुरुयता भने भाउ दोब्बर भन्दा माथि पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण