जनकपुर बोल्ट्सको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स फेरि स्तब्ध
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले बिहीबार खेलिएको पहिलो खेलमा पोखरा एभेन्जर्समाथि सात विकेटको सजिलो जित हासिल गरेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो । जवाफमा जनकपुर बोल्ट्सले १७.१ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ४३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
जारी एनपीएलमा जनकुपर बोल्ट्सले तेस्रो र पोखरा एभेन्जर्सले दोस्रो खेल खेलेका हुन् । जनकपुर बोल्ट्स यसअघि खेलिएको दुई खेलमा पनि विजयी भएको थियो । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो ।
जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी कर्णाली याक्समाथि आठ विकेटको जित हासिल गरेको थियो । जारी एनपीएलको सबैभन्दा महंगो क्लब पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा पनि चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।
तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दुई खेल खेलेको चितवन राइनोज चार अङ्कसहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित तेस्रो र एक खेलबाट दुई अङ्क बटुलेको सुदूरपश्चिम रोयल्स चौथो स्थानमा छन् ।
यसैगरी, तीन खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । एक खेल खेलेको लुम्बिनी लायन्स, दुई खेल खेलेको कर्णाली याक्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अङ्क बटुल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण