थप छलफल गर्नुपर्ने भन्दै मेयरले स्थगित गरे पोखराको विशेष नगरसभा

पोखरा । पोखरा महानगरपालिकाको विशेष नगर सभा सुरु हुने बित्तिकै स्थगित भएको छ । एजेन्डाहरूमा थप छलफल गर्नुपर्ने भन्दै मेयर धनराज आचार्यले सुरुमै बैठक स्थगित गरिदिएका हुन् ।
मङ्सिर २३ गतेसम्मका लागि बैठक स्थगित भएको महानगरपालिकाले जनाएको छ । करार कर्मचारी हटाउने कार्यपालिकाको बैठकले निर्णय गरेपछि आन्दोलित एमालेका जनप्रतिनिधिहरूले विशेष नगरसभा माग गरेका थिए ।
सोही मागका आधारमा मेयर आचार्यले आजका लागि बैठक आह्वान गरेका हुन् । कात्तिक १४ गते बसेको ३७ औं कार्यपालिका बैठकले २८ प्राविधिक सहित ३५ कर्मचारी बिदा गर्ने निर्णय गरेको थियो ।
कर्मचारीहरू उक्त निर्णयको विरुद्ध उच्च अदालत पोखरा पुगेका थिए । तर अदालतले अन्तरिम आदेश जारी गरेन । सोही मुद्दालाई समेत एजेन्डा बनाएर विशेष नगर सभा बोलाइएको थियो ।
कांग्रेसका जनप्रतिनिधिहरूले भने अदालतमा विचाराधीन मुद्दामा छलफल गर्न कानुनी रूपमा नमिल्ने भन्दै विरोध जनाउँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित