थप छलफल गर्नुपर्ने भन्दै मेयरले स्थगित गरे पोखराको विशेष नगरसभा
पोखरा । पोखरा महानगरपालिकाको विशेष नगर सभा सुरु हुने बित्तिकै स्थगित भएको छ । एजेन्डाहरूमा थप छलफल गर्नुपर्ने भन्दै मेयर धनराज आचार्यले सुरुमै बैठक स्थगित गरिदिएका हुन् ।
मङ्सिर २३ गतेसम्मका लागि बैठक स्थगित भएको महानगरपालिकाले जनाएको छ । करार कर्मचारी हटाउने कार्यपालिकाको बैठकले निर्णय गरेपछि आन्दोलित एमालेका जनप्रतिनिधिहरूले विशेष नगरसभा माग गरेका थिए ।
सोही मागका आधारमा मेयर आचार्यले आजका लागि बैठक आह्वान गरेका हुन् । कात्तिक १४ गते बसेको ३७ औं कार्यपालिका बैठकले २८ प्राविधिक सहित ३५ कर्मचारी बिदा गर्ने निर्णय गरेको थियो ।
कर्मचारीहरू उक्त निर्णयको विरुद्ध उच्च अदालत पोखरा पुगेका थिए । तर अदालतले अन्तरिम आदेश जारी गरेन । सोही मुद्दालाई समेत एजेन्डा बनाएर विशेष नगर सभा बोलाइएको थियो ।
कांग्रेसका जनप्रतिनिधिहरूले भने अदालतमा विचाराधीन मुद्दामा छलफल गर्न कानुनी रूपमा नमिल्ने भन्दै विरोध जनाउँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण