वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
शुक्रबार, २१ मङ्सिर २०८१, ०३ : ४३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा फुलहमले ब्राइटनलाई हराएको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा फुलहमले ब्राइटनलाई ३–१ गोल अन्तरले हराएको हो ।
एलेक्स इओबीको दुई गोल र ब्राइटनका म्याट ओरिलेले गरेको एक आत्मघाती गोलका कारण फुलहम सजिलै जितेको हो । प्रिमियर लिगको यस सिजन अहिलेसम्म ३ हारको सामना गरेको ब्राइटनका लागि कार्लोस बालेबाले एक गोल फर्काउनु शिवाय अरुले गोल गर्न सकेनन् ।
घनघोर वर्षा र हावाहुरी चलिरहेका बेला खेलाइएको खेलमा पाहुना टोली ब्राइटनलाई जवाफी गोलपछि कठिनाई भएको हो । यो जितसँगै फुलहमले ब्राइटनलाई उछिन्नै लागेको छ । अंक तालिकामा फुलहम छैठौं र ब्राइटन पाँचौ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण