वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
शुक्रबार, २१ मङ्सिर २०८१, ०३ : ४३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा फुलहमले ब्राइटनलाई हराएको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा फुलहमले ब्राइटनलाई ३–१ गोल अन्तरले हराएको हो ।
एलेक्स इओबीको दुई गोल र ब्राइटनका म्याट ओरिलेले गरेको एक आत्मघाती गोलका कारण फुलहम सजिलै जितेको हो । प्रिमियर लिगको यस सिजन अहिलेसम्म ३ हारको सामना गरेको ब्राइटनका लागि कार्लोस बालेबाले एक गोल फर्काउनु शिवाय अरुले गोल गर्न सकेनन् ।
घनघोर वर्षा र हावाहुरी चलिरहेका बेला खेलाइएको खेलमा पाहुना टोली ब्राइटनलाई जवाफी गोलपछि कठिनाई भएको हो । यो जितसँगै फुलहमले ब्राइटनलाई उछिन्नै लागेको छ । अंक तालिकामा फुलहम छैठौं र ब्राइटन पाँचौ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म