पेपलका सीईओलाई ट्रम्पले दिए नियुक्ति
वासिङ्टन डिसी । अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी प्रशासनमा अर्को एउटा महत्त्वपूर्ण नियुक्ति गरेका छन् । ट्रम्पले आफ्ना नजिकका सहयोगी र अर्बपति उद्योगपति डेभिड स्याक्सलाई ह्वाइट हाउसको एआई र क्रिप्टो जारको रूपमा नियुक्त गरेका छन् । स्याक्सले ट्रम्प सरकारलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र क्रिप्टोकरेन्सीबारे सल्लाह दिनेछन् ।
‘डेभिडले सरकारको एआई र क्रिप्टोकरेन्सीसम्बन्धी नीतिको नेतृत्व गर्नेछन् । यी दुवै क्षेत्रहरू भविष्यमा अमेरिकी प्रतिस्पर्धाको हिसाबले निकै महत्त्वपूर्ण छन् । डेभिडले अनलाइन अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नेछन् अनि हामीहरूलाई ठुला टेक कम्पनीहरू र तिनीहरूको सेन्सरशिपबाट टाढा राख्नेछन् ।’ स्याक्सको नाम घोषणा गर्दै ट्रम्पले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन् ।
- पेपलका सीईओ हुन् स्याक्स
स्याक्स फिन्टेक कम्पनी पेपलका पूर्व सीओओ (मुख्य अपरेटिङ अफिसर) हुन् । उनी अर्बौ डलरका मालिक हुन् । यिनलाई कथित पेपल माफियाको हिस्सा भनिन्छ । यो समूहका अन्य प्रभावशाली उद्योगपतिमा एलन मस्क र पिटर थिल पनि सामेल छन् । ट्रम्पले स्याक्सलाई अर्को एउटा महत्त्वपूर्ण जिम्मेवारी पनि दिएका छन् ।
उनले विज्ञान र प्रविधिका मुद्दाहरूमा राष्ट्रपति परिषद्को सल्लाहकारको रूपमा काम गर्नेछन् । ट्रम्प राष्ट्रपति बनेदेखि नै विश्वको सबैभन्दा महँगो क्रिप्टो मुद्रा बिटक्वाइनको मूल्यमा भारी वृद्धि भएको छ । बिहीबार बिट्क्वाइट गोटाकै एक लाख डलर माथि उक्लिएको थियो । नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपतिको निर्वाचन भएयता बिट्क्वाइनको भाउ ४० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति