कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतकसँगै लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि एक सय ७१ रनको लक्ष्य दिएको छ । टस जिती ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको हो ।
लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीका लागि अविजित ९५ रनको योगदान गरे । यसक्रममा उनले ५९ बलको सामना गरी चार छक्का र १० चौका पनि हिर्काए । उनी केवल पाँच रनका कारण जारी एनपीएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बन्नबाट चुके ।
जारी एनपीएलमा बनेको यो १०औँ अर्धशतक हो । यसअघि शुक्रबार चितवन राइनोजका ब्याट्सम्यान रवी बोपराले व्यक्तिगत रुपमा दोस्रो अर्धशतक बनाएका थिए । उनले कर्णाली याक्सविरुद्ध अर्धशतक बनाएका हुन् । रोहितको अर्धशतक जारी एनपीएलमा बनेको यो १०औँ अर्धशतक पनि हो ।
यसअघि, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवी बोपरा, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका लागि टम मुरेसले पनि ४५ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका मुरेसले केवल ३८ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । रोहित र मुरेसले चौथो विकेटका लागि एक सय १० रनको साझेदारी गरे ।
चौथो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले पनि १५ बलमा एक छक्का र दुई चौकाको मद्दतले १८ रन बनाएका थिए । लुम्बिनी लायन्सले पालीको सुरुवात भने निराशाजनक रुपमा गरेको थियो । लुम्बिनी लायन्सका दुबै ओपनर ब्याट्सम्यान आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए । विवेक यादब दुई रनमा अविजित रहे ।
लुम्बिनी लायन्सले अतिरिक्त रुपमा पनि १० रन पायो । पोखरा एभेन्जर्सका बलर विपिन खत्रीले दुई विकेट लिए । उनले तीन ओभरमा १८ रन खर्चिएका थिए । म्याट क्रिचलीले पनि एक विकेट हात पारेका थिए ।
एनपीएलमा पोखर्रा एभेन्जर्सले आफ्नो तेस्रो र लुम्बिनी लायन्सले दोस्रो खेल खेल्न खेलिरहेका हुन् । यी दुबै टोलीले हालसम्म एक खेल पनि जित्न सकेका छैनन् । त्यसैले शुक्रबारको खेलमा यी दुबै टोली पहिलो जितको खोजीमा रहेका छन् ।
पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सको टोली जनकपुर बोल्ट्ससँग सात विकेटले हारेको थियो । लुम्बिनी लायन्स भने आफ्नो पहिलो खेलमा विराटनगर किङ्ससँग दुई विकेटले पराजित भएको थियो ।
जारी एनपीएलमा खेलिएको यो ११औँ खेल हो । तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दुई खेल खेलेको सुदूरपश्चिम रोयल्स भने चार अंकसहित दोस्रो स्थानमा छ । तीन खेल खेलेको चितवन राइनोज चार अंकसहित तेस्रो स्थानमा छ ।
तीन खेल खेलेको कर्णाली याक्स दुई अंकसहित चौथो स्थानमा छ । तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित पाँचौँ स्थानमा छ । तीन खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । एक खेल खेलेको लुम्बिनी यालन्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अंक बटुल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति
-
जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया