तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास गरिएको छ ।
तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम र भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
'नेपाल भारत विकास सहकार्य'अन्तर्गत भारत सरकारको नेरु. ३.५४ करोड आर्थिक सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिनेछ। भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुई तल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ।
यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो। अझ तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित
-
‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण