न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
आइतबार, २३ मङ्सिर २०८१, ०२ : ५५
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा यो सिजन सातौं जित निकाल्ने क्रममा ब्रेन्टफोर्डले न्यूक्यासल युनाइटेडविरुद्ध आक्रामक प्रदर्शन गरेको छ । घरेलु मैदानमा ब्रेन्टफोर्डले न्यूक्यासलविरुद्ध ४-२ को जित निकाल्यो ।
खेलको ८ औं मिनेटबाटै अग्रता लिएको ब्रेन्टफोर्डले निर्धारित ९० मिनेटभित्रै चार गोल गरेको हो । यो जितसँगै ब्रेन्टफोर्ड अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । उसको १५ खेलबाट २३ अंक भएको छ ।
यस्तै, प्रिमियर लिगमै एस्टन भिल्लाले साउथह्याम्पटनलाई १-० ले हराउँदा शीर्ष स्थानको लिभरपुल र एभर्टनबीच खेल स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म