न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
आइतबार, २३ मङ्सिर २०८१, ०२ : ५५
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा यो सिजन सातौं जित निकाल्ने क्रममा ब्रेन्टफोर्डले न्यूक्यासल युनाइटेडविरुद्ध आक्रामक प्रदर्शन गरेको छ । घरेलु मैदानमा ब्रेन्टफोर्डले न्यूक्यासलविरुद्ध ४-२ को जित निकाल्यो ।
खेलको ८ औं मिनेटबाटै अग्रता लिएको ब्रेन्टफोर्डले निर्धारित ९० मिनेटभित्रै चार गोल गरेको हो । यो जितसँगै ब्रेन्टफोर्ड अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । उसको १५ खेलबाट २३ अंक भएको छ ।
यस्तै, प्रिमियर लिगमै एस्टन भिल्लाले साउथह्याम्पटनलाई १-० ले हराउँदा शीर्ष स्थानको लिभरपुल र एभर्टनबीच खेल स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण