गढीमाई मेलाको मुख्य दिन आज, सयौँ पशु चौपाया भारतीय सिमानामा रोकिए

रौतहट । विश्व प्रसिद्ध बारा बरियापुर स्थित पञ्चवर्षीय गढीमाई मेलाको आज मुख्य दिन । मेलामा बली दिन भारतीयहरूले ल्याउँदै गरेको सयौँ पशु चौपाया भारतीय सिमानामा रोकेर फिर्ता पठाएको छ। गढीमाई मन्दिरमा गरिएको भाकल पूरा भएपछि भारत बिहारको विभिन्न स्थानबाट बली प्रदान गर्न भक्तजनहरूले ल्याएको राँगा र बोका ल्याउँदै गरेकोमा एक गैर सरकारी संस्थाका प्रतिनिधिहरूले भारतीय सिमानामा रोकेर फिर्ता पठाएका हुन् ।
पशु बलीको विरोध गर्दै आएका भारतीय गैर सरकारी संस्था वर्ल्ड लाइफ दिल्लीबाट आएका प्रतिनिधिहरू पछिल्लो केही दिनयता भारतीय सीमा नाकाहरुमा सक्रिय छन्। बारा बरियापुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा भारत बाट आउने मुख्य नाकाहरूमा उनीहरूले भारतीय प्रहरीको सहयोगमा पशु चौपाया रोकेर फिर्ता पठाइरहेको प्रत्यक्षदर्शीले बताए।
गढीमाई मन्दिरमा बलीको लागि भारतबाट पशु चौपाया लिएर आउने मुख्य भारतीय सीमानाकाहरु रक्सौल, आदापुर, छौडादानो, सन्तगन्ज, झरौखर, जमुनिया, बैरगनिया लगायत रहेको छ। एक सातादेखि सक्रिय ती संस्थाका प्रतिनिधिहरूले गढीमाई मन्दिरमा बलीको लागि विभिन्न नाका हुँदै ल्याउन लागिएको ५०० भन्दा बढी राँगा र बोका भारतीय सिमानाबाट फिर्ता पठाएको भारतीय सीमा सुरक्षा बल एसएसबी स्रोतले जनाएको छ।
यद्यपि बिहारको विभिन्न स्थानबाट गढीमाई मन्दिरमा बली दिन ल्याएको ठुलो सङ्ख्यामा राँगा र बोका भक्तजनहरूले चोर नाका हुँदै भित्राउन सफल भएका छन् ।
बारा महागढीमाई नगरपालिका १ बरियापुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मङ्सिर १ गते देखि सुरु भएको हो। गढीमाई मेलामा हिजो शनिवार अहिले सम्मकै उच्च भिड देखिएको थियो ।
विश्वमै पशु बलिको रूपमा प्रख्यात रहेको बरियापुर गढीमाई मेलामा देश विदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको छ । यस वर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।
मङ्सिर २३ गते आज आइतबार विशेष पूजा सम्पन्न भए पछि पशु बलि दिने काम सुरु हुने मेला मूल व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बताए ।
विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच वर्षमा लाग्ने गर्छ । मङ्सिर १ गते देखि सुरु भएको गढीमाईको मेला मङ्सिर ३० गते सम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्स अफिसमा राम्रो कमाइ गर्दै रि-रिलिज गरिएको ’सनम तेरी कसम’
-
कीर्तिपुर स्थित बीपी कोइराला स्मृति प्लानेटरियममा विज्ञान सम्बन्धी प्रदर्शनी सुरु (तस्बिरहरू)
-
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
-
पत्रकारिताको विश्वसनीयतामा सङ्कट र अस्तित्वमा चुनौती
-
संवैधानिक निकायमा असंवैधानिक नियुक्ति : ५२ जनाको मुद्दामा आज सुनुवाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का