तीन जना मृत अवस्थामा फेला
आइतबार, २३ मङ्सिर २०८१, १३ : ५०
काठमाडौँ । कास्की, लम्जुङ र रोल्पा जिल्लामा तीन जना मृत अवस्था फेला परेका छन् ।
- कास्की, मादी गाउँपालिका-१२ रूदीदोभानस्थित मादी खोलामा पोखरा महानगरपालिका-२७ अर्चले बस्ने १८ वर्षीय मन्दिप लामिछाने शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- लमजुङ, मर्स्याङ्दी गाउँपालिका-४ काभ्रे भिरस्थित मर्स्याङ्दी नदीको पाखामा सोही गाउँपालिका-४ सिलढुङ्गा बस्ने ३० वर्षीय रोशन गुरुङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रोल्पा, सुकिदह गाउँपालिका-३ चामी बस्ने सल्यान बाघचौर नगरपालिका-७ गाराकोट घर भएका ७० वर्षीय मन बहादुर दमाई सल्यान पारीखर्कबाट सुकिदह जाने कच्ची सडक तल खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण