मालवस्तु चोभार सुक्खाबन्दरगाहमा ल्याउने आयातकर्ताका लागि तोकियो रुट
आइतबार, २३ मङ्सिर २०८१, १५ : ३४

काठमाडौँ । सरकारले रसुवा र तातोपानी भन्सार कार्यालयबाट मालवस्तु आयात गरी सुख्खा बन्दरगाह चोभारमा लैजाने आयात कर्ताका लागी रुट तोकिदिएको छ ।
भन्सार विभागको मंसिर २१ गतेको निर्णय अनुसार यी दुई नाकाबाट आन्तरिक परिवहन गरी चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालयमा ल्याउन चाहने पैठारीकर्ताको लागि रुट तोकेको हो ।
रसुवा भन्सार कार्यालयबाट आयात गर्ने आयात कर्ताले टिमुरे–स्याफ्रुवेसी–धुन्चे–बेत्रावती–गल्छी–थानकोट–कलङ्की–बल्खु हुँदै चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालयमा पुग्न सकिने जनाएको छ ।
यसैगरी तातोपानी भन्सार कार्यालयबाट लार्चा–बाह्रविसे–लामोसाँघु–खाडीचौर–दोलालघाट–पाँचखाल धुलिखेल–बनेपा–सौगा–सूर्यविनायक कोटेश्वर– बल्खु हुँदै चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालय पुग्न सकिने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि