मालवस्तु चोभार सुक्खाबन्दरगाहमा ल्याउने आयातकर्ताका लागि तोकियो रुट
आइतबार, २३ मङ्सिर २०८१, १५ : ३४
काठमाडौँ । सरकारले रसुवा र तातोपानी भन्सार कार्यालयबाट मालवस्तु आयात गरी सुख्खा बन्दरगाह चोभारमा लैजाने आयात कर्ताका लागी रुट तोकिदिएको छ ।
भन्सार विभागको मंसिर २१ गतेको निर्णय अनुसार यी दुई नाकाबाट आन्तरिक परिवहन गरी चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालयमा ल्याउन चाहने पैठारीकर्ताको लागि रुट तोकेको हो ।
रसुवा भन्सार कार्यालयबाट आयात गर्ने आयात कर्ताले टिमुरे–स्याफ्रुवेसी–धुन्चे–बेत्रावती–गल्छी–थानकोट–कलङ्की–बल्खु हुँदै चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालयमा पुग्न सकिने जनाएको छ ।
यसैगरी तातोपानी भन्सार कार्यालयबाट लार्चा–बाह्रविसे–लामोसाँघु–खाडीचौर–दोलालघाट–पाँचखाल धुलिखेल–बनेपा–सौगा–सूर्यविनायक कोटेश्वर– बल्खु हुँदै चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालय पुग्न सकिने विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण