किस्तामा बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने
काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. ले अब बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्किम लिएर आएको छ ।
मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस भनी आफ्ना ग्राहकहरूको लागि यो स्किम ल्याएको कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्झटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन् ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९% प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् ।
यो स्किम बजाजका देशभरका आधिकारिक शोरुमहरुमा उपलब्ध सबै मोडलहरूमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता
-
गाजामा युद्धविराम गर्ने सम्झौतालाई अन्तिम रुप दिन कतारमा फेरि वार्ता
-
भारतका चार जना स्रष्टालाई नइ पुरस्कार दिने घोषणा
-
विश्वकपअघि ट्रफीसँग फोटोसुट
-
‘जुन गतिमा सरकारले काम गर्न सक्नुपर्थ्यो, त्यो अनुसार गरेको छैन’
-
भक्तपुरमा १७ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै