शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय

मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश दिने

सोमबार, २४ मङ्सिर २०८१, १० : १८
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौं । मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०÷८१ को कारोबारमा आधारित वित्तीय विवरणका आधारमा ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

हाल उक्त फाइनान्सको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ छ । तोकिएको प्रतिशतका आधारमा लाभांश दिँदा लाभांशका लागि ८ करोड ५८ लाख रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ । 

यो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने फाइनान्सले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप