हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?
सोमबार, २४ मङ्सिर २०८१, १० : ५५
काठमाडौँ । हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश वितरण तथा अन्य साधारण तथा विशेष प्रस्तावहरु पारित गर्न कम्पनीले पुस २८ गते वीरगञ्जमा बस्नेगरी साधारणसभा बोलाएको छ ।
साधारणसभा प्रयोजनको लागि उक्त कम्पनीको शेयर दर्ता पुस्तिका पुस १९ गते बन्द हुने समेत बैठकले निर्णय गरेको छ । त्यो दिनसम्म कायम रहेका शेयरधनीहरु लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण