सहकारी ठगी प्रकरण
सिमरा विमानस्थलमा रविका समर्थकको प्रदर्शन
सोमबार, २४ मङ्सिर २०८१, १६ : ४६

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकले सिमरा विमानस्थलमा प्रदर्शन गरेका छन् ।
सोमबार रविलाई पोखरा हुँदै काठमाडौँदेखि पर्सा लगेको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पर्सातर्फ लगेको हो । सो क्रममा सिमरा विमानस्थलमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।
वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा सभापति रविको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले उनलाई हिरासतमा लिन अनुमति मागेको थियो । सोही बमोजिम पर्सा जिल्ला अदालतले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की
-
सरकारलाई सांसदको प्रश्न– धुलो लागेका भ्रष्टाचारका फाइल कहिले खोल्ने ?
-
प्रहरीको स्कर्टिङमै हेटौंडा हुँदै गोरु तस्करी
-
अर्थमन्त्री डिस्चार्ज, १० तस्बिरमा हेर्नुहोस्
-
झण्डै ३० अंकले बढ्यो नेप्से, १० अर्बभन्दा बढीको कारोबार
-
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल