शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ

शुक्रबार, १२ असार २०८३, १८ : ३४
शुक्रबार, १२ असार २०८३

सारांश

  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कृष्णकुमार राईलाई प्रहरीले काठमाडौँको बल्खुबाट पक्राउ गरेको छ।
  • राईविरुद्ध इलाम जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो र मुद्दामा १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
  • थप अनुसन्धानका लागि राईलाई जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको छ।

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका एक जना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको देउमाई नगरपालिका–२ घर भएर काठमाडौँको कीर्तिपुर बस्दै आएका कृष्ण कुमार राई छन्। 

३६ वर्षीय राईलाई काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रामेश्वर कार्कीले रातोपाटीलाई बताए। 

इलाम जिल्ला अदालतबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। उनीविरूद्धको मुद्दामा १ करोड ४३ लाख ३७ हजार रुपैयाँ बिगो छ। 

राईलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय इलाम पठाइएको एसपी कार्कीले जानकारी दिए। आरोपी विरूद्ध नेत्र बहादुर लिम्बुले जिल्ला प्रहरी कार्यालय इलामा जाहेरी दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप