चालक निदाएपछि चन्द्रनिगाहापुरमा स्कार्पियो दुर्घटना : प्रहरी
काठमाडौँ । रौतहटको चन्द्रपुरस्थित धन्सार–लमाहा खण्डमा गएराति स्कर्पियो दुर्घटना चालक निदाएका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीका अनुसार घटनामा मृत्यु हुने ८ जनाको पहिचान खुलेको छ ।
बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो सडकबाट दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलीप घिमिरेले जानकारी दिए ।
मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ स्स्कार्पियो चालक श्रीकुमार यादव, यात्रुहरू ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए ।
घाइते हुनेहरूमा सोही ठाउँका उमेश महराको श्रीमती वर्ष ३० की राधा महरा, उमेश महराको छोरा वर्ष २ का आर्यन महरा, गणेश महराको श्रीमती २५ की देव कुमारी महरा, वर्ष ७ को ऋतिक महरा, भित्री चोट र वर्ष ६० की कन्या देवी महरा रहेका छन् ।
घाइतेहरूको चन्द्रनिगाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्स बाट बयोधा अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण