दुर्घटना
रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ यात्रुको मृत्यु
मङ्गलबार, २५ मङ्सिर २०८१, ०८ : ५३
काठमाडौँ । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण