शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय
दुर्घटना

रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ यात्रुको मृत्यु

मङ्गलबार, २५ मङ्सिर २०८१, ०८ : ५३
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो  चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।  

मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप