काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।
_M6NVmjKk3D.jpg)
कर्णालीको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो बलमा नै देव खनाल शून्य रन बनाएर आउट भए । त्यसपछि बाबर हायात पनि ७ रन बनाएर पभिलियन फकिए । टोलीले ३.५ ओभरमा २ विकेटको क्षतिमा १४ रनमात्र जोडेको थियो ।
_hbOLaTmbWt.jpg)
त्यसपछि चाडविक वाल्टन र गुल्सन झा मिलेर कर्णालीको इनिङ्स सम्हाले । दुवै मिलेर ६० रनको साझेदारी गरे । वाल्टन ३४ बलमा ४२ रन बनाउँदै कुशल भुर्तेलको बलमा बोल्ड भए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।
1_ZnfwWliDFG.jpg)
गुल्सन झाले टोलीका लागि सर्वाधिक ४९ रनको योगदान दिए । झाले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । उनी अर्धशतकबाट मात्र एक रनले चुकेका थिए । पोखराका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
1_8MpojcgmeR.jpg)
_UIqHJUrcHm.jpg)
_ccLKSzYmsm.jpg)
1_lkngy7nEIh.jpg)
_7dqeztCRzY.jpg)
_AVTFreb6Jc.jpg)
_r3yTXgcEsI.jpg)
_qyJhs7Ygur.jpg)
_pUj929J6R5.jpg)
_KLPkF3Qvn7.jpg)
_XbYdPGfAW7.jpg)
_kt8KfBCLuH.jpg)
_jktUKGgn1q.jpg)
_xWKnvryFAv.jpg)
_AgDoMbyi3d.jpg)
_aGQeznhPFt.jpg)
प्रतिक्रिया